सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

काठमाडाैं | जेठ ३, २०८१

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

काठमाडौं:     सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाएका छन् । नेपाली कांग्रेस र नाउपाका बहुमत सांसदहरूको नाराबाजीका बीच मुख्यमन्त्री सोडारीले विश्वासको मत लिएका हुन् ।


आजको विश्वासको मतको मतदानमा कांग्रेस र नाउपाका ५ सांसदले बहिष्कार गरेका थिए । उनीहरूले प्रदेश प्रमुखले संविधान विपरित मुख्यमन्त्री नियुक्ति गरेको भन्दै विरोध गरेका थिए ।


आजको मतदान प्रक्रियामा २८ सांसद सहभागी रहेका थिए । सबै २८ मत विश्वासको मतको पक्षमा परेको थियो ।  


एकीकृत समाजवादीका सोडारी एमाले र माओवादीको समर्थनमा यही वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।


५३ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, राप्रपाको १ र १ स्वतन्त्र सदस्य छन् ।

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्